आइपीओ भर्ने तयारीमा हुनुहुन्छ भने सहास उर्जाले १ करोड ५ लाख कित्ता आइपिओ निष्कासन गर्दै « Arthapath.com
१२ मंसिर २०७७, शुक्रबार

आइपीओ भर्ने तयारीमा हुनुहुन्छ भने सहास उर्जाले १ करोड ५ लाख कित्ता आइपिओ निष्कासन गर्दै



काठमाडौं । आइपीओ भर्दै हुनुहुन्छ भने सहास उर्जाले निष्काशन गर्ने भएको छ । साहस उर्जा कम्पनी लिमिटेडले ३० प्रतिशत अथवा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको हो । कम्पनीसंग हाल पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका नागरिक, सामूहिक लगानीकोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई जारी गर्ने भएको हो । आइपीओ निष्काशन गर्न प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस उर्जा लिमिटेडको तर्फबाट संचालक समितिका अध्यक्ष हिमप्रसाद पाठकले हस्ताक्षर गरेका हुन् ।

यो कम्पनी जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । यस कम्पनीले सोलु खोला (दूधकोशी) जलविद्युत परियोजना निर्माण गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्