८ श्रावण २०८३, शुक्रबार

नेपाल प्रहरीका एसपीद्वय यादव र बस्नेत निलम्बित



काठमाडौं । नेपाल प्रहरीका दुईजना उपरीक्षक एसपीलाई निलम्बनमा परेका छन ।


एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादवलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिएका छन । निलम्बित प्रहरी अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लागेको छ ।
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुखेर्तमा रहँदा उनीहरुले प्रहरी आचरण विपरित आर्थिक अनियमितता गरेको छानविन रिपोर्टका आधारमा गृह मन्त्रालयले निलम्बन गरेको बताइएको छ ।

बस्नेत अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए । गृह मन्त्रालयले केही दिनअघि मात्र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीका डिएसपी भरत चौधरीलाई निलम्बन गरेको थियो ।

चेन अफ कमाण्डलाई जानकारी नगराइकन ड्युटी छाडेको आरोपमा मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्