आइपीओ भर्दै हुनुन्छ भने झन्डै ५ करोड कित्ता आउदै, कुनको कति ?

काठमाडौं । यतिबेला विभिन्न १५ वटा कम्पनीहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति माग गरेका छन् । आइपिओ निष्कासनको अनुमति माग गर्नेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् भने केही इन्स्योरेन्स कम्पनी, मर्चेन्ट बैंक र लघुवित्त रहेका छन् ।
न्यादि हाइड्रोपावर, न्यादि हाइड्रोपावर कम्पनीले मंसिर ८ गते (बुधबार) ४० लाख ५० हजार कित्ता आइपिओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको २७ प्रतिशत ४० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । कम्पनीले निष्कासन गर्ने आइपिओ मध्ये १० प्रतिशतले हुन आउने १५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई र २ प्रतिशतले हुने ३ लाख कित्ता शेयर संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई निष्काशन गर्नेछ । त्यस मध्ये बाँकी १५ प्रतिशत अर्थात २२ करोड ५० लाख रकम बराबरको २२ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ४५ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीलाई छुट्टाएको छ ।त्यसमा बाँकि रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन हुनेछ । कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्ता ग्लोवल आइएमई क्यापिटल रहेको छ ।
महिला लघुवित्त, महिला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपिओ निष्काशन गर्ने अनुमति मागेको छ । लघुवित्त संस्था मंसिर ३ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपिओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन पेश गरेको हो । लघुवित्तले निष्कासन गर्ने आइपिओ बिक्री खुल्ला तथा निष्काशन प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट लिमिटेडले पाएको छ ।
हिमालयन हाइड्रोपावर, हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
शुभम पावर, शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल भदौ २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिबिआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।
तेह्रथुम पावर कम्पनी, तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
मध्यभोटेकोशी जलविद्युत् कम्पनी, मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरको १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत माघ ७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
सिबिआइएल क्यापिटल, सिबिआइएल क्यापिटल लिमिटेडले ३ करोड रूपैयाँ बराबरको ३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल वैशाख १९ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।
डिस मिडिया नेटवर्क, डिस मिडिया नेटवर्क लिमिटेडले २३ करोड ८५ लाख रुपैयाँ बराबरको २३ लाख ८५ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासनको तथा बिक्री खुल्ला गर्नको लागि २०७७ साल असार ३० गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
रु रु जलविद्युत, रु रु जलविद्युत कम्पनी लिमिटेडले ८ करोड ९६ लाख रुपैयाँ बराबरको ८ लाख १५ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७७ साल असार २५ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
ग्रीनलाइफ हाइड्रोपावर कम्पनी ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल वैशाख ९ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
सिंगटी हाइड्रो इनर्जी कम्पनी, सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल भदौ २० गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
सिइडिबी हाइड्रो डेभलपमेन्ट कम्पनी, सिइडिबी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
इमर्जिङ्ग नेपाल, इमर्जिङ्ग नेपाल लिमिटेडले ५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल जेठ २३ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।बैंकिङ खबर