प्राईम बैंकको नाममा रहेको नेरुडे लघुवित्तले संस्थापक शेयर बिक्री गर्ने « Arthapath.com
१८ मंसिर २०७७, बिहीबार

प्राईम बैंकको नाममा रहेको नेरुडे लघुवित्तले संस्थापक शेयर बिक्री गर्ने



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले ८६ हजार ९०० कित्ता संस्थापक शेयर बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ । संस्थाले प्राईम बैंककोे स्वामित्वमा रहेको सो शेयर बिक्री गर्न लागेको हो । लघुवित्तले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन अनुसार विभिन्न समयमा विक्री गरी बाँकी रहेको संस्थापक शेयर विक्री पुनः खुला गरेको जनाएको छ ।

उक्त बोलपत्रमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर २५ गतेदेखि पुस २ गते अपरान्ह ३ः०० बजेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। उक्त संस्थापक शेयरको न्युनतम मूल्य प्रति कित्ता ३०० तोकिएको छ । लगानीकर्ताले न्युनतम एक सय कित्ताको लागि आवेदन दिन सक्नेछन् अधिकतममा भने कुनै हद तोकिएको छैन ।

संस्थाले गत वर्ष २०७६ असार १० गते एक लाख १० हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेकोमा २२ हजार ७०० कित्ता शेयर मात्र विक्री भएको थियो । त्यस्तै वाँकी रहेको ८७ हजार ३०० कित्ता संस्थापक शेयर २०७६ भदौ २० गते विक्री खुला गरेकोमा ४०० कित्ता मात्र बिक्री भएको थियो । अहिले संस्थाले बाँकी शेयर बिक्रीका लागि सूचना जारी गरेको हो । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्