१० कार्तिक २०८३, मंगलबार

के तपाई चिसोमा हिटर बालेर सुत्नु हुन्छ ? हिटर बालेर सुत्दा यसरी गयो आमाछोरीको ज्यान



काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा आमाछोरी मुत भेटिएका छन । मुत फेला पर्नेमा आमा २७ वर्षीया पेम्बा शेर्पा र उनकी एक महिनाकी छोरी मृत भेटिएका हुन ।

त्यस्तै ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा पनि अचेत भेटिएका छन्। महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख तथा प्रहरी नायव उपरीक्षक डीएसपी नवीन कार्कीले दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाएको जनाएका छन ।

चिसोको समयमा रातमा हिटर बालेर सुतेका कारण निसासिएर घटना भएको हुन सक्ने डीएसपी कार्कीले बताएका छन ।