एसबिआई बैंकका ग्राहकले डा.लाल प्याथल्याबमा १५ प्रतिशत छुट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

एसबिआई बैंकका ग्राहकले डा.लाल प्याथल्याबमा १५ प्रतिशत छुट



काठमाडौं । नेपाल एसबिआई बैंक र डा.लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडबिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरी डा. लाल प्याथल्याब नेपालमा कार्ड प्रयोग बापत प्याथोलोजी सेवामा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनूसार बैंकका गा्रहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गर्न सक्ने छन् । उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा डा.लाल प्याथल्याब नेपालका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंह का बिच सम्पन्न भयो ।


प्रतिक्रिया दिनुहोस्