बुटवलमा गोली चल्दा, एकजना घाइते

काठमाडौं । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चल्दा एकजना घाइते भएक छन ।बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली लागेको हो । होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न प्रहरी गएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी टोलीलाई होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा उनलाई नै गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जनाएका छन ।
उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीको भनाइ छ ।
प्रहरीहरु सादा पोशाकमा होटेलमा गएका थिए । घाइते व्यतिmको चिउँडोमा गोली लागेको र उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।