भक्तपुरको कौशलटारमा कार दुर्घटना, एक युवतीको ज्यान गयो « Arthapath.com
२१ मंसिर २०७७, आईतवार

भक्तपुरको कौशलटारमा कार दुर्घटना, एक युवतीको ज्यान गयो



काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ३ कौशलटारमा गएराति कार दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा २५ बर्ष जतिकोे युवती रहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।उनलाई घटनास्थलमा अचेत अवस्थामा फेला परेको र उपचारका लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार भक्तपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा ८ च ४७५६ नम्बरको कार गएराति पौने १ बजे अनियन्त्रित भएर सडक छेउमा रहेको पोलमा ठोकिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्