आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा जोशी नियुक्त

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छिन् । मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । बैठकले मंसिर २१ गतेदेखि लागू हुने गरी उनलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो ।
जोशी पूर्वांचल विश्वविद्यालयबाट स्नातकोत्तर कानून गरेकी छिन् । उनले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायमा स्नातकोत्तर पनि गरिसकेकी छिन् । उनीसँग मानवअधिकार, विकास परियोजना र कानूनी व्यवसायीको क्षेत्रमा १२ बर्ष भन्दा बढीको अनुभव रहेको छ । उनले विभिन्न राष्ट्रिय साथै अन्तर्राष्ट्रिय प्रशिक्षण र सेमिनारहरूमा सहभागी भएकी छिन् ।