कोरोना बीमाको दावी ढिलाई हुने यी हुन ४ कारण, बीमा समितिका कार्यकारी निर्देशक पौडेल भन्छन् ‘दावी ढुक्कले पाइन्छ’ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कोरोना बीमाको दावी ढिलाई हुने यी हुन ४ कारण, बीमा समितिका कार्यकारी निर्देशक पौडेल भन्छन् ‘दावी ढुक्कले पाइन्छ’



काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी ढिलाई भएको भन्दै बजारमा जनगुनासो बढेपछि अर्थमन्त्री विष्णु पौडेलले दोस्रोपटक निर्देशन जारी गरे । पौडेल अर्थमन्त्री हुनासाथ कोरोनाको दावीमा ढिलाई किन भयो भन्दै बीमा समितिलाई बोलाएर सोधे । सरकारले गत चैत्रमा ५० हजार र १ लाखको कोरोना बीमाको पोलिसि ल्याएको थियो ।

सामान्यतय बीमा गरेपछि सम्झौता बमोजिम बीमाको दावी पाइन्छ । तर कोरोना बीमा संसारमा कहीँ नभएको महामारीको बीमा नेपालमा मात्रै गराइएको हो । सुरुमा आक्रामक रुपमा कोरोनाको बीमा गराएका निर्जिवन बीमा कम्पनीहरु विस्तारै कम्पनी टाट फर्कनै भन्दै पोलिसिनै बेच्न बन्द गरे ।
अहिले कोरोनाको बीमा गर्ने निक्कै घटेका छन । एक कम्पनीका सीईओ भन्छन् अहिले समुहगत रुपमा स्थानिय तहको सिफारिसमा मात्रै २५ हजारको बीमा हुन्छ भने अस्पताल भर्ना भएमा बिल भर्पाईको आधारमा ७५ हजारसम्म कम्पनीले व्यहोर्छ । अहिले कोरोना बीमा २५ हजारमा झरेपछि बीमा गर्ने घटेका छन ।

कोरोना बीमाको दावी भुक्तानीको लागी अर्थमन्त्री विष्णु पौडेलले दोस्रो पटक अल्टिमेटम दिएका छन । तर संबन्धीत निकायले कागजात नपुगेको र एकैपटक धेरै दावी आएको, बीमा कम्पनीका कर्मचारी आफै कोरोनाको सिकार बनेकाले केही ढिलाइ भएको बताएको छ । यसै सन्र्दभमा हामीले बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई प्रश्न गरेका थियौं । कोरोना बीमाको पैसा ढुक्कले पाइने पौडेलले बताए । उनले बीमाको दाबी पाइनेका कुनै संका नगर्न आग्रह गरेका छन ।

बीमा समितिले बुधबार कोरोना दावीमा भएको ढिलाईबारे स्थलगत निरिक्षण गरेको थियो । कोरोना बीमाको पुल म्यानेजर शिखर इन्स्योरेन्समा बीमा समितिका अध्यक्षलगायत कार्यकारी निर्देशकहरुले निरिक्षण गरेका थिए ।

दाबी ढिलाई हुनुको यी हुन ४ कराण
कार्यकारी निर्देशक पौडेलका अनुसार दावी पक्का पाइने तर यी प्रक्रिया पुरा गर्न अनुरोध गरेका छन ।
१. बीमितले तोकिएको कागजात पुरा नगर्नु ।
२. दुव्लिकेसन (एउटै व्यक्तिको २/३ ठाउँमा बीमा गराउनु) सो को छनविन गर्न समय लाग्नु ।
३. एकैपटक धेरै को दावी पर्नु । जसका कारण बीमा कम्पनीका सिमित कार्मचारीलाई समय नपुग्नु ।
४. स्वास्थ्य मन्त्रालयका प्रतिनिधि आएन निजी ल्यावका कोरोना पोजेटिभ रिपोर्ट छानविन गर्न समय लाग्नु ।

कोरोनाको दावी पाइने तर धैर्य गर्न बीमितलाई आग्रह गर पौडेलले आग्रह गरेका छन ।


प्रतिक्रिया दिनुहोस्