माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले थप ६ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।बैंकले स्याङजा जिल्लाको पुतलीबजार नगरपालिका १२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, शिवपुर, कपिलवस्तु जिल्लाकै बुद्घभुमि नगरपालिका ०९, बिजगौरी, कन्चनपुर बेलौरी नगरपालिका ३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गाउँपालिका ६, हुटी र जिल्ला कै मलिकार्जुन गाउँपालिका ६, उकुमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसँगै बैंकको शाखारहित बंैकिङ्ग सेवा १४१ पुगेको छ । ग्राहक सेवा केन्द«को रुपमा सञ्चालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूतmानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्