आफैं चढेको बसले किचेर गोरखामा एकजनाको ज्यान गयो « Arthapath.com
९ असार २०८३, मंगलबार

आफैं चढेको बसले किचेर गोरखामा एकजनाको ज्यान गयो



काठमाडौं । गोरखामा आफैं चढेको बसले किचेर एकजनाको ज्यान गएको छ । गोरखा सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको ज्यान गएको हो ।

गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना ३ ख ८१४३ नम्बरको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए ।टुर्घटनामा परी गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा थिए ।

उनलार्ई शनिबार साँझ बसबाट झर्ने क्रममा आफैँ चढेको बसको पछाडिको चक्काले किचेको ढकालले बताए ।बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्