यात्रुबाहक बस दुर्घटना, ११ जना घाईते « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

यात्रुबाहक बस दुर्घटना, ११ जना घाईते



काठमाडौं । गोरखाको भीमसेनथापा गाउँपालिका ३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ११ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जाकारी दिएको छ ।

काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्बरको बस बुधवार बिहान साढे ४ बजेतिर दुर्घटना भएको थियो । गम्भिर घाइते भएका ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाएको प्रहरीले जनाएको छ । ६ जना घाईतेको आरुघाट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । भने बसमा सवार ३० यात्रुमध्ये १९ जना घर फकिएका छन ।


प्रतिक्रिया दिनुहोस्