मर्चेन्ट बैंकर्स संघको नयाँ कार्य समितिको र बोर्डका अध्यक्षबीच भेटवार्ता, बजार बिकासका लागि जनाए प्रतिबद्धता « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

मर्चेन्ट बैंकर्स संघको नयाँ कार्य समितिको र बोर्डका अध्यक्षबीच भेटवार्ता, बजार बिकासका लागि जनाए प्रतिबद्धता



काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्य समिति र नेपाल धितोपत्र बोर्डका अध्यक्षबीच औपचारिक भेटवार्ता भएको छ ।

पौष ३ गते नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष मेख बहादुर थापाको नेतृत्वमा सम्पूर्ण कार्य समितिका सदस्यहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग औपचारिक भेटवार्ता गरेको हो ।

उक्त भेटमा शुभकामना प्रदान गरिनुका साथै पूँजी बजारको थप विकाश र विस्तारका सम्बन्धमा छलफल भएको छ । त्यस्तै, संघको तर्फबाट थापाले नेपाल धितोपत्र बोर्डको निती निर्देशन कार्यान्यन तथा बजार बिकाशका लागि पूर्ण प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै आज भएको भेटमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी तथा संघका निवर्तमान अध्यक्ष ध्रुव तिमिल्सिनाको समेत उपस्थिति रहेको थियो ।

गत शुक्तबार मर्चेन्ट बैंकर एसोसिएसनको अध्यक्षमा एनआईबिएल एस क्यापिटलका डेपुटी सिईओ मेख बहादुर थापा चयन भएका थिए । त्यसैगरी संघको उपाध्यक्षमा सनराइज क्यापिटलका सिईओ बिजयलला श्रेष्ठ, महासचिवमा ग्लोवल आईएमई क्यापिटलका सीईओ पारशमणी ढकाल, कोषध्यक्षमा एनआइसि एसिया क्यापिटलका रमेन्द्र रायमाझी, सदस्यहरुमा कृति क्यापिटलका सीईओ रहेका दिपेश बैद्य, नागरीक लगानी कोषका मर्चेन्ट बैंकिङ प्रमुख नारायणप्रसाद घिमिरे र नेपाल एसबिआई मचेज्न्ट बैंकिङका सीईओ रोशनी भारतीलाई चयन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्