बुधबार नेप्से ७.१४ अंकले बढेर २०६८.५६ अंकमा बन्द, निर्जीबन बीमा समूहकाले धेरै गुमाए « Arthapath.com
८ पुष २०७७, बुधबार

बुधबार नेप्से ७.१४ अंकले बढेर २०६८.५६ अंकमा बन्द, निर्जीबन बीमा समूहकाले धेरै गुमाए



काठमाडौं । बुधबार नेप्से ७.१४ अंकले बढेर २०६८.५६ अंकमा बन्द भएको छ । बुधबार अन्तिम समयसम्म आउँदा २०२ कम्पनीको १ करोड १५ लाख ५८ हजार ९९१ कित्ता किनबेच हुँदा ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २१५ रुपैयाँको कारोबार भएको छ ।

बुधबार बैंकिङ समूह, जीवन बीमा समूह र म्युचुअल फण्डका परिसूचक क्रमशः २४.२७ अंक, ३९९.४३ अंक र ०.०७ अंकले बढेको छ । बुधबार जीवन बीमा समूहका लगानीकर्ताले धेरै आम्दानी गरेका छन् ।

तर, ट्रेडिङ समूह १०.८२ अंक, होटेल समूहको १८.३ अंक, बिकास बैंक समूह १७.७६ अंक, हाइड्रो पावर समूह २१.७९ अंक, फाइनान्स समूह ६.६३ अंक, निर्जीबन बीमा समूह ५३.०५ अंक, उत्पादन समूह २४.६५ अंक, माइक्रो फाइनान्स समू ३०.९० अंक र अन्य समूहले ३६.३४ अंकले घटेको छ ।

बुधबार सबैभन्दा बढि निर्जीबन बीमा समूहका लगानीकर्ताले गुमाएका छन् ।

Sub-IndicesCurrentPoints Change%Change
Banking1,565.1824.271.58  
Trading1,961.4510.820.55  
Hotels1,902.9318.30.95  
Development Bank2,172.7617.760.81  
HydroPower1,627.1821.791.32  
Finance877.226.630.75  
Non Life Insurance9,683.4353.050.54  
Manu.& Pro.4,890.7524.650.5  
Others1,604.5236.342.21  
Microfinance3,263.0530.920.94  
Life Insurance14,141.41399.432.91  
Mutual Fund11.380.070.62  


प्रतिक्रिया दिनुहोस्