सिटिजन्स बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालयलाई ८० हजार सहयोग « Arthapath.com
१४ फाल्गुन २०७६, बुधबार

सिटिजन्स बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालयलाई ८० हजार सहयोग



काठमाडौं । सिटिजन्स बैंकले बर्दिवास नगरपालिकाको ३, भब्सी, महोत्तरी स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय भब्सीलाई ८० हजार आर्थिक सहयोग गरेको छ । विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवास चोकबाट करिव ५ कि.मि. उत्तरतपÞर्m अवस्थित विद्यालयले स्थापनाकाल देखिनै जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाइ ज्ञानको ज्योति छर्दै आएको छ । सामजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गर्ने कुरा जनाएको छ ।

नेपाल सरकारले अवलम्बन गरेर्को सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्