बुधबार ९ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बिहीबार छापावल सुनको मूल्य तोलामा १ सय रुपेयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलामा १ सइ रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारबार भएको छ । बिहीबार चाँदिको मूल्य तोलामा १५ रुपैयाँ बढेर १२ सय ८० रुपैयाँमा कारोबार भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको मूल्य पनि तोलाको ९ सय रूपैयाँले घटेर तोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।
मंगलबार छापावाल सुनको मूल्य ३ सय रुपैयाँले घटेर तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।
सोमबार छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार छापावाल सुनको मूल्य स्थिर रहेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि स्थिर रहेर तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य स्थिर रहेर तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।