प्रभु लाइफको आइपिओ बाँडफाँड शुक्रबार हुने, ५ लाख ४२ हजार बढिले नपाउने « Arthapath.com
९ पुष २०७७, बिहीबार

प्रभु लाइफको आइपिओ बाँडफाँड शुक्रबार हुने, ५ लाख ४२ हजार बढिले नपाउने



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपीओ भोली शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले निष्काशन गरेको साधारण शेयर (आइपीओ) बुधबार प्रि–अलोटमेण्ट सम्पन्न भएर शुक्रबार बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको आइपीओमा १० लाख ८२ हजार एक सय ४३ जना आवेदकले २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीको आईपीओमा माग गरिएको भन्दा ५.४२ गुणा बढि आवेदन परेको छ । कम्पनीको आईपीओमा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले मात्र शेयर पाउने छन् । भने बाँकी ५ लाख ४२ हजार १ सय ४३ जनाले सेयर नपाउने भएका हुन् ।

कम्पनीले मंसिर २९ गते, सोमबारदेखि पौष २ गते बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्