अर्थपथका सम्पादक तारुके सहित ४ जना पत्रकार सम्मानीत

नुवाकोट । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको १० औँ बार्षिक साधारण सभाले नुवाकोटका चार जना पत्रकारलाई सम्मान गरेको छ ।

जिल्ला शाखा नुवाकोटले नुवाकोटमा जन्मिएर सक्रिय रुपमा पत्रकारिता गरिरहेका तीन जनालाई पुरस्कृत र १ जनालाई सम्मान गरेको छ ।
सम्मानीत हुनेमा अर्थपथ डटकमका सम्पादक तथा प्रबन्ध निर्देशक बिष्णु तारुके, त्रिशूली प्रवाह साप्ताहिका प्रकाशक तथा सम्पादक शरण उत्सुक सापकोटा, सगरमाथा पोष्ट डटकमका सम्पादक रबिन प्रसाद थपलिया र बिबिसी नेपाली सेवाका नुवाकोट सम्वाददाता शक्तिमाया तामाङ रहेका छन् ।

पत्रकार तारुकेलाई ‘स्वर्गिय मोहन विक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार’, सापकोटलाई ‘दिर्घसेवा सम्मान २०७७’, थपलियलाई ‘स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार २०७७’ र तामाङलाई ‘महिला पत्रकारिता पुरस्कार २०७७’ले सम्मान गरिएको जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेब खनालले जानकारी दिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टको प्रमुख आतित्थतामा भएको थियो ।

शाखाले यो पुरस्कार विगत २ वर्ष देखि सक्रिय पत्रकारलाई प्रदान गदै आएको छ ।