शुक्रबार सुनको मूल्य बढेर पनि यस साता १ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१० पुष २०७७, शुक्रबार

शुक्रबार सुनको मूल्य बढेर पनि यस साता १ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । यस साता सुनको मूल्य १ सय रुपैयाँले मात्रै घटेको छ । साताको पहिलो दिन आइतबार छापावाल सुन स्थिर रहेर ९४ हजार ३ सयमा कारोबार भएको थियो भने अन्तिम दिनसम्म आइपुग्दा १ सय रुपैयाँले घटेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यस साता सोमबार ९ सय, बिहीबार र शुक्रबार १।१ सय रुपैयाँले बढेर जम्मा ११ सय रुपैयाँले बढेको छ भने मंगलबार ३ सय र बुधबार ९ सय रुपैयाँ गरि १२ सय रुपैयाँले घटेको छ । यसरि यस साता जम्मा १ सय रुपैयाँ मात्रै घटेको हो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रूपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलाको १ सय रूपैयाँले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य स्थिर रहेर १२ सय ८० रूपैयाँमा कारोबार भएको छ ।

बिहीबार छापावल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलामा १ सइ रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारबार भएको छ । बिहीबार चाँदिको मूल्य तोलामा १५ रुपैयाँ बढेर १२ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको मूल्य पनि तोलाको ९ सय रूपैयाँले घटेर तोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।

मंगलबार छापावाल सुनको मूल्य ३ सय रुपैयाँले घटेर तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य स्थिर रहेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि स्थिर रहेर तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य स्थिर रहेर तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्