नेको इन्स्योरेन्सको अध्यक्षमा भट्टराई चयन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको अध्यक्षमा रोहित कुमार भट्टराई चयन भएका छन् ।
कम्पनीको सञ्चालक समितिको ४०१ औं बैठकले भट्टराईलाई चयन गरेको हो ।
पुस १५ गते बसेको बैठकले रिक्त रहेको अध्यक्ष पदमा सञ्चालकहरु मध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो ।