१८ भदौ २०८३, बिहिबार

ज्योति विकास बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव गर्ने



काठमाडौं । ज्योति विकास बैंकले १३ औं साधरण सभा बोलाएको छ । बैंकको १९ गते बसेको संचालक समितिको बैठकले गत वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधरण सभा गर्ने बैंकले जनाएको छ ।

बैंकको साधारण सभा माघ १४ गते बिहान ११ बजेफ त्रिभुवन आर्मी अर्फिसर्स क्लब, भद्रकालीमा हुने छ ।शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने मुख्य प्रस्ताव सभामा बैंकले पेश गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि बैंकको पुस २९ गतेदेखि माघ १४ गतेसम्म बुकक्लोज हुने छ ।