कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुने « Arthapath.com
२३ पुष २०७७, बिहीबार

कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुने



काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुने भएको छ । अस्पतालले बालबालिकाको लागि मानसिक स्वास्थ्य सेवाको ओपिडि यसअघि सुरु गरिसकेको छ ।
बुधबार अस्पतालको ५९ औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य केन्द्रको भवनको उद्घाटन गरेका छन ।

बालबालिका तथा किशोरकिशोरीमा पनि मानसिक समस्या हुने भएकोले देशको एक मात्र बाल अस्पतालको रुपमा परिचित कान्तिबाल अस्पतालले उक्त मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री त्रिपाठीले आफ्नो दायित्वमा तीनवटा काम प्रमुखताका साथ सम्पन्न गर्ने बताउनुभयो । उहाँले कोरोना विरुद्धको खोप सम्र्पूण जनतालाई उपलब्ध गराउने,भर्खरै सबै पालिकामा शिलान्यास भएका अस्पताल निर्माणलाई पूरा गर्ने र कर्मचारीको समायोजनलाई टुंग्याउने काम गर्ने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्