नेपालका बैंकहरूको खातामा ४१ खर्ब ९० अर्ब जम्मा, १२२ करोड डलर बिक्री गरेर १४४ अर्ब भारु किन्यो
काठमाडौं । नेपालका विभिन्न बैंक तथा वित्तिय संस्थाको खातामा मंसिर मसान्तसम्म ४१ खर्ब ९० अर्ब ७१ करोडभन्दा धेरै निक्षेप रहेको नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
बैकहरूको चल्ती खातामा ३ खर्ब ३४ अर्ब १४ करोड ९ लाख रुपैयाँ र बचत खातामा १३ खर्ब ३८ अर्ब ७२ करोड ३० लाख रुपैयाँ, मुद्धति खातामा २० खर्ब ४७ अर्ब ४९ करोड ५० लाख रुपैयाँ, कल निक्षेप ३ खर्ब ९१ अर्ब ७४ करोड ९० लाख रुपैयाँ र अन्य खातामा ७८ अर्ब ६० करोड १० लाख रुपैयाँ रकम रहेको राष्ट्र बैकले सर्वाजनिक गरेको तथ्याङकमा उल्लेख गरिएको छ ।
त्यस्तै, राष्ट्र बैंकले १२२ करोड डलर बिक्री गरेर १४४ अर्बको भारु किनेको छ । समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब २२ करोड बिक्री गरी रु.१४४ अर्ब ६९ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको हो । अघिल्लो वर्षको सो अवधिमा अमेरिकी डलर १ अर्ब ४२ करोड बिक्री गरी रु.१६० अर्ब ९६ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।












