नेपाल सुनचाँदी व्यावसायी महासंघको महाअधिवेशन सुरु « Arthapath.com
२४ पुष २०७७, शुक्रबार

नेपाल सुनचाँदी व्यावसायी महासंघको महाअधिवेशन सुरु



काठमाडौं । नेपाल सुनचाँदी व्यावसायी महासंघको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन सुरु भएको छ ।कार्यत्रममा बोल्दै शिक्षा मन्त्री तथा सुनचाँदी व्यावसायी महासंघका सल्लाहाकार कुष्णगोपाल श्रेष्ठले सुनचाँदी व्यवसायी महासंघमा हाल देखिरहेको समस्या समाधान गर्नको लागी आफु सधै अगाडी रहने बताएका छन ।

उनले अब जिल्ला जिल्ला बाट सुनचाँदी खरिदको लागी अब काठमाडौं आउनु पर्ने बाध्यता हटाएर जिल्ला जिल्लाबाट खरिद गर्न सक्ने व्यवस्था बनाउने बताएका छन । त्यस्तै कार्यक्रममा बोल्दै सुनचाँदी व्यावसायी महासंघका अध्यक्ष मोहन सुनारले करिब २२ हजार भन्दा बढी व्यवसायीहरु रहेकाले कच्चा पदार्थ धेरै आवश्यक पर्दा पनि आवश्यक कच्चा पदार्थ सरकारले हालसम्म उपलब्ध गराउन नसकेको बताएका छन ।

उनले सरकारले आवश्यक कर्चा पदार्थको व्यवस्था गरेमात्र व्यवसायी र देशको अर्थतन्त्रलाई टेवा पुग्ने बताएका छन । त्यस्तै बैंकहरुले सिजनमा सुनचाँदी नल्याउने तर अफसिजना सुनचाँदी धेरै ल्याएर होल्ड राखेकाले पनि थप समस्या हुने सुनारले बताएका छन । त्यस्तै बरिष्ट उपाध्यक्ष मणिकरत्न शाक्यले सुनचाँदी व्यावसायी महासंघको हाल देखिएक समस्या समाधान गर्न सबै लाग्नु पर्ने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्