७ श्रावण २०८३, बिहिबार

पाटा नेपाल स्टुडेन्ट च्याप्टरको अध्यक्षमा उप्रेती



काठमाडौं । पाटा नेपाल स्टुडेन्ट च्याप्टरले यही पौष २६गतेका दिनभर्चुअल कार्यक्रम गरी ग्लोबल कलेज इन्टरनेशनलमा अध्ययनरत बीएचएम छात्रा रेजिना उप्रेतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।


यसअघि स्टुडेन्ट च्याप्टरकोअध्यक्षतामा पब्लिक युथ क्याम्पसका विद्यार्थी सुरेन्द्र न्यौपाने सकृय हुनु हुन्थ्यो र आफ्नो कार्यकाल समापन लगत्तै वहाँलेअब निबर्तमानअध्यक्षको रुपमाआफ्नो भूमिका निर्वाह गर्नु हुनेछ।त्यसैगरी, पाटा नेपालका सिईओ सुरेश सिंह बुडाल स्टुडेन्ट च्याटरको सल्लाहकारको रूपमा रहने छन ।

साथै, नवनिर्वचित अध्यक्ष उप्रेतीले पाटामा आबद्ध हुनु एउटा सुवर्ण अवसर भएसंगै महत्वपूर्ण जिम्मेवारी समेत थपिएको बताउदै स्टुडेन्ट च्याप्टरले राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा स्थपित अन्य स्टुडेन्ट च्याप्टरहरु तथा पाटा सम्बद्द संघसंस्थाहरु संगको सहकार्य र समन्वयमा पर्यटन पुनरुत्थान अभियान, दिगो पर्यटन प्रवर्द्धन र बिकास अभियानमा सकृय सहभागिता जनाउने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्