दुई दिनमा ३१ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार बढ्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
२८ पुष २०७७, मंगलवार

दुई दिनमा ३१ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार बढ्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ६ सयले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मुल्य २० रुपैयाले बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाल सुनको मूल्य ८०० ले घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८ सयले घटेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य ४० रुपैंयाले घटेर १२३० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा २३ सय रुपैयाँले घटेर तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य पनि २३ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी तोलामा ६० रुपैयाँ घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल १ सय रुपैयाँले घटेर तोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सातोको अन्तिम दिन तोजबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेर तोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्