ग्रीन डेभलपमेन्ट बैंकको बोनस घोषणा
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
हिजो बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट बैंकको चुक्ता पूँजीको ४.८४५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५५ नगद गरि कुल ५.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने बैंकले जनाएको छ ।














