३ सय १९ जनाको कोरोनाबाट विदेशमा ज्यान गयो

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको ज्यान भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको ज्यान गएको हो । यस सँगै विदेशमा कोरोना भाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुगेको हो ।
संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन ।
त्यस्तैगरि कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको ज्यान गइसकेको छ ।