७ श्रावण २०८३, बिहिबार

टिपर दुर्घटना परि धादिङका मगर सहित तीन जनाको ज्यान गयो



काठमाडौं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ बरडाँडा र नेचासल्यान गाउँपालिकाको सीमानाको महादेव भीरमा भएको टिपर दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौडाका २३ वर्षका रामकुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका प्रहरीले जनाएको छ ।

हिजो राती करिब साढे ११ बजे बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना भएको हो ।दुर्घटनामा हेटौडाका २३ वर्षीय रमेश मगर गम्भिर घाइते भएका छन । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त आइचर ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजना निर्माणमा प्रयोगमा रहेको थियो ।


२३।५ मेगावाटको अपर सोलु जलविद्युत् आयोजनमा निर्माण प्रयोग भएका सामग्री निमाणाधीन सोलु खोला दूधकोशी जलविद्युत् आयोजनामा लैजाने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्