आईसीएफसी फाइनान्सको अध्यक्षमा पुनः रामबाबु पन्त चयन « Arthapath.com
६ माघ २०७७, मंगलवार

आईसीएफसी फाइनान्सको अध्यक्षमा पुनः रामबाबु पन्त चयन



काठमाडौं । आईसीएफसी फाइनान्सको अध्यक्षमा पुनः रामबाबु पन्तलाई निरन्तरता दिइएको छ । संस्थापक सञ्चालक पन्त अध्यक्षमा सर्वसम्मतीले चयन भएसँगै उक्त पदमा निरन्तरता पाएका हुन् ।

सोमबार बसेको सञ्चालक समितिको २७४ औं बैठकले उनलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको हो । यससँगै नवनियुक्त अध्यक्ष पन्तले माघ ५ गतेदेखि नै आफ्नो नयाँ कार्यकालको कार्यभार सम्हालेका छन् ।


प्रतिक्रिया दिनुहोस्