चन्द्रागिरी हिल्सको आइपीओ शनिबारसम्म बाँडफाँड गरिने, ११ लाख १२ हजार बढीको हात खाली
काठमाडौं । पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको चन्द्रागिरी हिल्सको आईपीओको बाँडफाँड यसै हप्ता हुने भएको छ । यस साताको कुनबार बाँड्ने भनेर फिक्स नभएपनि शनिबारसम्म बाँडफाँड गर्ने निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । प्रिएलटमेण्ट गर्नलाई नेफ्राको सेयर एप्लाइ गरेका कारण सिडिएसीमा लोड परेकाले ढिलो भएको कम्पनीले जनाएको छ । यसै साता बाँडफाँड गर्ने लक्ष्य रहेकाले शनिबारका दिन पनि बाँडफाँड हुन सक्ने क्यापिटलले जनाएको हो ।
कम्पनीको आईपीओमा १२ लाख ५१ हजार ९३८ जनाको आवेदन परेको छ । कम्पनीले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न गरेको हो ।
कम्पनीको आईपिओमा आवेदन दिनेमध्य ८८ प्रतिशत भन्दा बढि लगानीकर्ताहरुको हात खालि हुने निश्चित छ । कम्पनीको सेयर कम्तीमा १० कित्ता प्रतिव्यत्तिलाई वितरण गर्दा उक्त कम्पनीको आईपीओ १ लाख ३९ हजार ६ सय २ जना भाग्यमानी लगानीकर्ताहरुले मात्र पाउनेछन् भने बाँकी २ कित्ता १० कित्ता भन्दा बढि आवेदन दिनेहरुमध्येबाट गोलाप्रथाद्धारा दुई जनामा वितरण गरिने छ । यसरि नै १० कित्ताका दरले बाँडफाँड गरिने हो भने ११ लाख १२ हजार ३३६ जनाको हात खाली हुने छ ।













