मंगलबार थप ३ सय ४८ संक्रमित थपिए, उपत्यकामा थप २ सय १८ जनामा कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ४८ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज मंगलबार थप ४ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ४४१ जना उपचारपछि निको भएका छन । यो सँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २ सय १८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ। जसमा ८८ महिला र १ सय ३० पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।