चार सातामा २४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । यस साता छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । गत साता छापावालको सूनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँमा भएको थियो भने यस साताको शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । चार सातामा सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको छ । चार साता अघि छापावाल सुनको मूल्य तोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस साता सुनको मूल्य तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार हुँदा २४ सय रुपैयाँले घटेको हो ।
चार साता अघि शुक्रबार छापावाल १ सय रुपैयाँले घटेर तोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो शुक्रबार तोजबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेर तोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
यस साताको अन्तिम शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १५ रुपैयाँमा घटेर तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार १ सय रुपैयाँँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेर तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा १२ सय ७५ रुपैयामा कारोबार भएको थियो ।













