साताको पहिलो दिन सुनको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । आइतबार छापावल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आइतबार चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १५ रुपैयाँमा घटेर तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।












