इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँड यसै हप्ता गर्ने तयारी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँड यसै हप्ता बाँँडफाँड गर्ने तयारी भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार यसै हप्ता बाँडफाँडको प्रयास गरेको जनाएको छ । बाँडफाँड कहिले गर्ने भन्न सकिन्न तर यसै हप्ता गर्ने कोशिस भएको छ । प्रयास चाहि यसै हप्ता गर्ने हो तर सस्फेक्टेड लिस्ट एक–एक गरि हेर्नुपर्ने भएकाले त्यो सकिएपछि बाँडफाँड गर्ने क्यापिटलले बताएको छ ।
त्यस्तै, बैंकको आइपीओमा आवेदन दिएका सबैले पाउने भएका छन् । निफ्राको आईपीओमा १० देखि ५० कित्तासम्म खरीदका लागि आवेदन दिएका सबैले सेयर पाउने भएका हुन् । तर ५० कित्तादेखि माथि सेयर माग गर्नेहरुको हकमा भने गोला प्रथा हुने छ । प्रारम्भिक रुपमा भइरहेको डेटा भेरिफाईको क्रममा करिब ६० हजार आवेदन शंकास्पद देखिएको छ ।
बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० आवेदकले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता खरिदका लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँबराबरको आवेदन परेको हो । बैंकले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। प्रतिकित्ता रु.१०० का दरले निष्कासन गरेको आईपीओ कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ ।













