एनबी बैंकको १६ प्रतिसत नाफा बढ्यो, ६ महिनामा कमायो ९४ करोड १२ लाख
काडमाडौं । नेपाल बंगलादेश बैंकले चालु आवको ६ महिनामा ९४ करोड १२ लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीको् भन्दा १६ प्रतिसतले नाफा बढाएको हो ।
कोरोनाका विच पनि बैंकले नाफामा उल्लेख्य सुधार गरेको हो । बैंकले चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरण आज प्रकाशित गरेको छ । बैंकले पछिल्लो त्रैमासमा मात्रै ३७ करोड नाफा आर्जन गर्न सफल भएको छ ।
चालु आवको पहिलो त्रैमासमा ५७ करोड ११ लाख नाफा कमाएको एनबी बैंकले खुद ब्याज आम्दानी भने ११ करोड घटेको छ । बैंकले यस आवमा १६ करोड १३ लाख राईटव्याक गरेको छ ।
बैंकले ६६ अर्व ४३ करोड निक्षेप संकलन गरी ६० अर्ब ९२ करोड कर्जा लगानी गरेको छ । बैंकले कर्जामा खासै बृद्धि गर्न सकेको छैन भने निक्षेपमा पनि आक्रामक बनेको छैन । बैंकको बेसरेट भने घटाएको छ । वेसरेट ९.९२ प्रतिशतबाट ८ प्रतिशतमा झार्न सफल भएको छ ।













