स्वाभिमान लघुवित्तको कार्यकारी अधिकृतमा चौधरी नियुक्त
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सिईओमा कृष्ण राज चौधरी नियुक्त भएका छन ।
हिजो बसेको संचालक समितिको बैठकले चौधरीलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
उनलाई फागुन १ गतेबाट लागुहुने गरेर ४ वर्षको लागि नियुक्त गरेको संस्थाले जानकारी दिएको छ ।