नक्कली सुन देखाएर ५५ लाख ठगी गर्ने नुवाकोटका ४ सहित ६ पक्राउ « Arthapath.com
२८ माघ २०७७, बुधबार

नक्कली सुन देखाएर ५५ लाख ठगी गर्ने नुवाकोटका ४ सहित ६ पक्राउ



काठमडौं । नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गर्ने नुवाकोटका ४ सहित ६ जना पक्राउ परेका छन ।गत माघ ११ गते ताहाचाल बस्दै आएका एक व्यक्तिलाई १ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटका ४ सहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नंवर १ घर भई तार्केश्वर नगरपालिका शान्तिटोल बस्ने ४५ वर्षीय ऋषमान घले, सोही ठाउँ बस्ने किस्पाङ १ का ३५ वर्षीय जित भनिने मेख तामाङ, किस्पाङ गाउँपालिका वडा नंवर १ का २० वर्षीय चन्द्र भनिने जेरि तामाङ, नुवाकोट किस्पाङ गाउँपालिका वडा नंवर १ घर भई तार्केश्वर नगरपालिका जरङ्खु बस्ने २६ वर्षीय राज तामाङ, काभ्रेका ३२ वर्षीय सन्तबहादुर लामा, झापा विर्तामोडका ५३ वर्षीय पप्पु भनिने अभयकुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

साथै उनीहरुको साथबाट ९ लाख ५० हजार नगद, दुई वटा मोटरसाइकल र ५ थान मोबाइल समेत बरामद भएको महाशाखाले जनाएको छ । सक्कली सुन भन्दै झुक्याएर उक्त रकम ठगी भएको भनि प्रहरीमा परेको उजुरीको आधारमा उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्