शैक्षिक परामर्श संघको अध्यक्षमा नेपाल « Arthapath.com
९ फाल्गुन २०७७, आईतवार

शैक्षिक परामर्श संघको अध्यक्षमा नेपाल



काठमाडौँ । शैक्षिक परामर्श संघ नेपाल (फेकन)को १० औँ वार्षिक साधारणसभाले वासुदेव नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । हिजो उपत्यकामा भएको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रज्वल बस्नेत र हेमन्तराज दुलाल, महासचिवमा राजु निरौला, सचिवमा उमेश कुश्वार र छविन्द्र ओझा, कोषाध्यक्षमा अनिल शर्मा पौड्याल तथा सदस्यहरुमा इन्द्रजित गौतम, रेश्मा राजथला, सविन खड्का, सुदेश पोखरेल, दिनेश न्यौपाने र दिपा लामिछाने निर्वाचित भएका छन ।

साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले एकअर्काको पक्ष विपक्षमा उत्रिनुभन्दा एक अर्कालाई साथमा लिएर अगाडि बढ्नु उचित रहेको बताएका छन ।

त्यसैगरी एक्यानका अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक समस्याहरुको अन्त्य गर्न र सम्पूर्ण नेपाली विद्यार्थीहरुको भविष्य सुनिश्चित बनाउने काममा नयाँ नेतृत्वको प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्