औषधि निर्यात फुकुवा गर्न भारतलाई सरकारले आग्रह गर्ने « Arthapath.com
२२ फाल्गुन २०७६, बिहीबार

औषधि निर्यात फुकुवा गर्न भारतलाई सरकारले आग्रह गर्ने



काठमाडौं । उद्योग बाणिज्य तथा अर्पुतीमन्त्री लेखराज भट्टले भारतले प्रतिबन्ध लगाएका २६ आषधी पसललाई फुकुवा गर्ने बताएका छन । भारतले नेपालका लागि बिक्री वितरण गर्ने २६ पसलहरुलाई निर्यातमा रोक लगाएको छ । त्यसको समाधान भईरहेको मन्त्री भट्टले बताए । काठमाडौं महानगारपालिका र कञ्जुमर आई नेपालको आयोजनामा वर्तमान कानुन र उपभोक्ता अधिकार कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन ।

कोरोनाको बढ्दो त्रासबाट मुक्ती पाउनुनै अहिलेको पहिलो उपचार रहेको उनले बताए । पछिल्लो समय कोरोना भाइरसको त्रास विश्वभरि बढिरहेकोले यसको त्रास भन्दापनि उपचारमा लाग्नुपर्ने बताए ।

उनले गुणस्तरहिन औषधी विक्री गर्ने २६ वटा औषधी पसलहरुलाई बन्द नै गर्नेगरि आफूले लागिरहेको बताएका छन । बजारमा गुणस्तरहिन बस्तु विक्री गर्ने बिक्रेताहरुदेखी उपभोक्ताले सचेत रहन पनि उनले आग्रह गरे । आफ्नो मन्त्रालयले निरन्तर बजार अनुगमन गरिरहेको उनले बताएका छन ।

जनशक्ति अभावले बजार अनुगमन कार्य प्रभावित भईरहेकोले यसको छिट्टै अन्त्य हुने उनले बताए । कार्यक्रममा कञ्जुमर आई नेपालका अध्यक्ष, आन्तरिक राजश्व विभागका निर्देशक पदम कुमार श्रेष्ठ, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नेत्र सुवेदी र काठमाडौं महानगरपालिका विभिन्न वडाका वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्