७ श्रावण २०८३, बिहिबार

तङ्ग्रिदै नेप्से, विहिबार शेयर बजार झण्डै ४३ अङ्कले बढ्यो, व्यापार बाहेक सबै समुहमा हरियाली



काठमाण्डौ । साताको अन्तिम दिन बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४२.९५ अंकले बढेको छ । बिहीबार नेप्से ४२.९५ अंकले बढेर २४७५.०९ अंकमा पुगेर बन्द भएको छ । बिहीबार दिनभरि २१३ कम्पनीको १ करोड १६ लाख ५७ हजार कित्ता शेयर ४ अर्ब ६६ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

बैंकिङ समूहको शेयर २६ अङ्कले, होटल तथा पर्यटनको एक सय १२, विकास बैंकको २४, जलविद्युतको ३, फाइनान्सको १४, माइक्रो फाइनान्सको १०२ अङ्क, जीवन बीमाको ४१५, निर्जीवन बीमाका १९१, उत्पादन समूहको शेयर १६२ र लगानी समूहको शेयर २ अङ्कले बढेको छ । भने व्यापार समुह ३९.६ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्