पैसाको जोहो गर्नुहोस्: फेरी आउँदै छ १२ करोड बराबरको आईपीओ
काठमाडौं । फेरी १२ करोड बराबरको आईपीओ आउने भएको छ । सामलिंङ्ग पावर कम्पनीले १२ करोड रुपैयाँको बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले माघ ५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) १२ करोड ३० लाख रुपैयाँ बराबरको लाख १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि निवेदन पेश गरेको छ ।
कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैकिंङ लिमिटेडले नियुक्त भएको छ ।













