एनसीसी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले चैत १३ गतेदेखि ऋणपत्र निष्काशन गरेको थियो । सो ऋणपत्रको नाम ‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ रहेको छ ।
बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेकोे हो । निष्काशन गरेको कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकले जनाएको थियो । बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गरेको हो ।
सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । त्यसैले, सर्वसाधारण लगानीकर्ताहरुले कुल ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । ऋणपत्रमा छिटोमा आजसम्म र ढिलोमा चैत २७ गतेसम्म लम्बिने कम्पनिले जनाएको छ ।