७ श्रावण २०८३, बिहिबार

मिर्मिरे लघुवित्तको साधारण सभाद्वारा ९.६८ प्रतिशत लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव पारित



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बुधबार सम्पन्न १० औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षको ९.६८ प्रतिशत लाभांश पारित गरेको छ । त्यस्तै सभाले एफपीओ जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । सभाले गत आर्थिक वर्षका लागि ९.२० प्रतिशत बोनस र बोनस कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश गरी कुल ९.६८ प्रतिशत लाभांश पारित गरेको हो ।

सभाले साधारण स्वेडा लघुवित्त वित्तीयलाई प्राप्तिपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलानका क्रममा फरक पर्न आएको रकमलाई प्रिमियममा एफपीओ सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले साविक नागबेली लघुवित्त वित्तीय संस्थाको १ अर्ब २९ करोड ६७ लाख ४९ हजार २७९ रुपैयाँको वासलातसहितको वित्तीय विवरण र मिर्मिरे लघुवित्तको २ अर्ब ९२ करोड ४२ लाख २ हजार ८९६ रुपैयाँको वासलातसहितको वित्तीय विवरण पास गरेको छ ।


प्रतिक्रिया दिनुहोस्