बिहीबार एकै दिन ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार छापावाल सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।













