अरुण भ्यालीले वैशाख ६ गतेबाट हकप्रद निष्काशन गर्ने, कति कित्ता जारी गर्ने ?
काठमाडौं । अरुण भ्यालीले वैशाखमा हकप्रद निष्काशन गर्ने भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ६ गतेबाट हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले १ः०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार १ सय ९७ सय कित्ता हकप्रद सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
वैशाख ६ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, चैत्र ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।














