सिंगटी हाइड्रोको आईपीओ भोलि विहान ११ बजे बाँडफाँड गरिने, १३ लाख ५० हजार बढीको हात रित्तो
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ भोली शुक्रबार (चैत्र २७) गते बाँडफाँड हुने भएको छ । आईपीओको प्रि–अलोटमेन्टको काम सबै सकिएकाले भोलि शुक्रबार (२७ गते) बाँडफाँड विहान ११ बजे बिक्रि प्रबन्धक मेगा क्यापिटललको कार्यालयमा गरिने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशत आर्थात १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरु र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारणलाई छुट्याएको छ ।
कम्पनीको आईपीओमा १६ लाख २४ हजार ४८३ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदकहरुले २ करोड ४५ लाख १६ हजार ६ सय कित्ता खरिदका कुल २ अर्ब ४५ करोड १६ लाख ६६ हजार रुपैयाँ संकलन भएको छ । यो माग गरेकोभन्दा ९.०९ गुणा बढी हो ।
कम्पनीको आईपीआमा मागभन्दा बढि आवेदन परेकाले गोलाप्रथा विधिद्वारा बाँडफाँड गरिने छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा कम्पनीको आईपीओ २ लाख ६९ हजार ७ सय जनाले मात्रै पाउने छन् । भने १३ लाख ५० हजार भन्दा बढि लगानीकर्ताको हात खालि हुने छ ।













