नेप्सेमा २ कम्पनीको १ करोड ४५ लाख बढि सेयर कित्ता सूचीकृत, कुनको कति ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्सेमा २ कम्पनीको १ करोड ४५ लाख बढि सेयर कित्ता सूचीकृत, कुनको कति ?



काठमाडौं । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल बैंक लिमिटेड र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको १ करोड ४५ लाख सेयर सूचीकृत गरिएको छ । बिहीबार नेपाल बैंक लिमिटेडको बोनस सेयर र हकप्रद सेयर गरी कूल १ करोड ३८ लाख ८४ हजार १४८.२४ कित्ता सेयर सूचीकृत गरिएको हो भने गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको बोनस सेयर मात्रै ६ लाख ४० हजार कित्ता सेयर गरी कूल १ करोड ४५ लाख २४ हजार १४८ कित्ता सेयर सूचीकृत गरिएको हो ।

नेपाल बैंकको एकैदिन बोनस सेयर १ करोड ३५ लाख ३९ हजार ३८४.२४ कित्ता र हकप्रद सेयर ३ करोड ४४ लाख ७६४ कित्ता गरी कूल १ करोड ३८ लाख ८४ हजार १४८.२४ कित्ता सेयर सूचीकृत गरिएको हो । नेप्सेमा सूचीकृत सँगै उक्त सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा भएको छ ।

त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको ६ लाख ४० हजार कित्ता सेयर सूचिकृत गरिएको छ । कम्पनीको बार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकले ८ प्रतिशत बोनस सेयर स्वीकृत गरेपछि नेप्सेमा सूचीकृत गरिएको हो । कम्पनीले गत असार मसान्तसम्म कायम चुक्ता पूँजी ८० करोड रुपैयाँबाट ८ प्रतिशतका दरले हुन आउने ६ करोड ४० लाख रुपैयाँ बरारबरको ६ लाख ४० हजार सेयर कित्ता सेयरधनिलाई वितरण गरेको हो ।


प्रतिक्रिया दिनुहोस्