नेपाल इन्स्योरेन्सको साधारण सभाबाट लाभांश पारित, तीन वर्षको तुलनामा यस वर्ष नाफामा छलाङ
काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । आ.व. ०७६/०७७ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा आज एयरपोर्ट होटल सिनामङ्गल काठमाडौंमा सम्पन्न भएको हो । सभा जनस्वास्थ्यको मापदण्ड अनुसार भौतिक दूरी कायम गरी र भर्चुअल (जुम) मार्फत समेत गरिएको थियो ।
सभामा कम्पनीले आ.व. ०७६/०७७ मा हासिल गरेका उपलब्धीहरुका मुख्य सूचांकहरु प्रस्तुत गर्नुका साथै लाभांश सर्वसम्मतिले पारित गरेको छ । कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु १ अर्ब १५ करोड ३ लाख १३ हजार ४ सय ८६ को ८ प्रतिशतका दरले हुने वोनश शेयर रु. नौ करोड बीस लाख पच्चीस हजार उनान्असी तथा नगद लाभांश (वोनश शेयरमा लाग्ने कर सहित) २ प्रतिशतले हुने रु. २ करोड ३० लाख ६ हजार दुई सय सत्तरी वितरण गर्र्नेे प्रस्तावलाई साधारण सभाले सर्वसम्मत रुपले पारित गरेको छ ।
बोनस पछि कम्पनीको चुक्ता पूजीँ रु १ अरब २४ करोड २३ लाख अड्तीस हजार ५ सय पैसठ्ठी पुग्ने जनाइएको छ । कम्पनीले आप्mना बीमित, लगानीकर्ता, नियमनकारी निकाय तथा कम्पनीको संचालक समितिको मार्ग निर्देशन र कर्मचारीहरुको उत्कृष्ट कार्य सम्पादन, प्रविधिको उच्चत्तम प्रयोग तथा शाखा सञ्जाल विस्तार गरी बीमा शुल्क आर्जन, चुक्ता पूँजी, लगानी तथा नाफामा समेत बृद्धि गर्न सफल भएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने जनाएको छ ।
४९ शाखा कार्यालय र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट वीमा सेवा प्रदान गर्दै आउनुका साथै आबश्यकता अनुसार थप शाखा विस्तार गरी देशको ग्रामीणस्तरसम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पु¥याउने लक्ष्य लिएको बताइएको छ ।
कम्पनीले हासिल गरेका उपलब्धीका सूचकांक














